सोमबार, श्रावण १८,२०८३ 02:22:51
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:22:51
Bizshala
Global IME Bank Limited

बुढानिलकण्ठ हेरिटेजले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

बुढानिलकण्ठ हेरिटेजले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल
New Office

काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर)ले आईपीओ निश्कासन गर्ने भएको छ ।  

कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात प्रतिशेयर अंकित मूल्य रु. १००। दरको १५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।  

यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।  

माघ २३ गते मंगलबारका दिन बुढानिलकण्ठ, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा बुढानिलकण्ठ हेरिटेज लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्की र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

वि.सं. २०७५ सालमा प्रा.लि.को रुपमा दर्ता भई वि.संं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड(केन्द्रीय) कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नं. १, काठमाण्डौंमा रहेको छ । संस्थापकहरुको रु. ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक शेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्तापूँजी रु. १ अर्ब पुग्नेछ ।  

अन्तरराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ ।  

आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा छन् ।  

लेमन ट्री होटल्स लिमिटेड एक विशाल भारतीय होटल सञ्जाल भएको कम्पनी रहेको र जसले उच्चस्तरिय, अपर–मिडस्केल, मिडस्केल र ईकोनोमी सेगमेन्टहरूमा काम गर्दछ । यस ग्रुपले आफ्ना पाहुनाहरूको आवश्यकताहरूलाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियर लगायत विभिन्न ७ वटा ब्राण्डहरु समेत सञ्चालनमा ल्याएकोे छ ।  

लेमन ट्री होटल्स लिमिटेडले नेपालमा पहिलो होटलको रुपमा “लेमन ट्री प्रिमियर बुढानिलकण्ठ” काठमाडौंको फ्रेन्चाईज तथा म्यान्चाईजको जिम्मा लिइसकेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्यातिप्राप्त व्यक्तिहरुको लगानी छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.