सोमबार, श्रावण १८,२०८३ 01:59:45
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:59:45
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंकले जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ निर्माण गरि हस्तान्तरण गरेको छ ।  बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौं मनपा वडा नं.३,रानीबारी चोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ निर्माण गरि हस्तान्तरण गरेको हो ।   

उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेण्डरको पेशालाई सहज र व्यवस्थित बनाउनका लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेण्डर सर्भिस बुथ निर्माण गरिएको बैंकले जनाएको छ ।   

उक्त बुथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं ३ का वडा सदस्य सिता थापाले गरेकी हुन्  ।  

बैंकले यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरि उनिहरुको जीविकोपार्जन गर्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.