काठमाण्डौ । अमेरिकी टेक कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जेनसेन हुवाङको सम्पत्ति एकैदिन १० अर्ब डलरले घटेको छ । मंगलबार कम्पनीको सेयरमूल्यमा आएको करिब १० प्रतिशतको पहिरोका कारण हुवाङको सम्पत्तिमा तीव्र गिरावट आएको हो ।
मंगलबार उनको सम्पत्ति १० अर्ब डलरले घटेर ९४.९ अर्ब डलरमा सीमित बनेको छ । यो उनको सम्पत्तिमा एक दिनमा आएको अहिलेसम्मकै उच्च गिरावट हो । हुवाङ विश्वको १८ औं धनी व्यक्ति हुन् । बितेको एक वर्षमा उनको सम्पत्ति ५१ अर्ब डलरले बढेको छ ।
अमेरिकाको न्याय विभागले कम्पनीलाई एन्टी ट्रष्ट कानून उल्लंन गरेको सम्बन्धमा प्रमाण जुटाउन पत्र लेखेका कारण कम्पनीको सेयरमूल्यमा पहिरो गएको बताइएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                