मंगलवार, असार ३,२०८२ 11:46:14
  • मंगलवार, असार ३,२०८२ 11:46:14
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

Hyundai Nepal
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्रि) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनको लागि मेरो सेयर, आर्इपीओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा सेयर बजारमा सेयर खरिद तथा विक्रिका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् ।

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ ।

यी सेवाहरु बैकको ३५४ वटा शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।

बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.