काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बुटवल शाखा स्थानान्तरण हुन लागेको हो ।
बैंकको रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका–९, मिलनचोकको शाखा हालको स्थानबाट २५ मिटर उत्तर तर्फ रहेको मिलनचोकको कृष बिल्डिङ्गमा स्थानान्तरण हुन लागेको बैंकले जनाएको छ ।
उक्त शाखा भदौ ३० गते स्थानान्तरण हुन लागेको हो । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।