काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा वृद्धि भएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १५.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाको खुद नाफा २ करोड ५५ लाख रुपैयाँ थियो ।
संस्थाले खुद ब्याज आम्दानीमार्फत १२ करोड ९७ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ०.८७ प्रतिशतले कम हो ।
संस्थाको इम्पेयरमेन्ट चार्ज १ करोड २३ लाखबाट घटेर ६४ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ । संस्थाको निक्षेप संकलन ५.१५ प्रतिशतले बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै संस्थाको कर्जा प्रवाह पनि ५ अर्ब ८ करोडबाट बढेर ५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा अनुपात ३.९७ प्रतिशतबाट बढेर ४.६० प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १५.४४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४०.०१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४६५.३२ रुपैयाँ र तरलता अनुपात ८.४७ गुणा कायम भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                