सोमबार, असार ९,२०८२ 02:08:39
  • सोमबार, असार ९,२०८२ 02:08:39
Global IME Bank Limited

इम्पेरियल सेक्युरिटिजको साधारण सभा असोजमा, २५% लाभांश पारित गरिने

Hyundai Nepal
इम्पेरियल सेक्युरिटिजको साधारण सभा असोजमा, २५% लाभांश पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड(स्टक ब्रोकर नम्बर ४५)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले साधारण सभाको मिति, समय र स्थान तय गरेको हो ।  

कम्पनीको १७ औं साधारण सभा असोज १८ गते काठमाण्डौको अनामनगरमा रहेको कम्पनीको मुख्य कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको प्रस्ताव बमोजिमको २०८१ असार मसान्तमा कायम चुक्ता पूँजीमा २५ प्रतिशत बोनश सेयर तथा सो मा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै बोनश सेयर वितरण पश्चात सोही हद सम्म कायम हुने गरी चुक्तापूँजी वृद्धि अद्यावधिक गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने र यस सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित हुनेछ ।  

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८०/०८१ को लेखा परीक्षकको प्रतिवेदन, २०८१ साल असार मसान्तको वासलात, आर्थिक बर्ष २०८०/०८१ को नाफा÷नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने र आव २०८१/०८२ को लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.