सोमबार, श्रावण १८,२०८३ 02:23:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:09
Bizshala
Global IME Bank Limited

आकाशिदै सुनको मूल्य, प्रतिऔंस २० डलरले महङ्गियो

आकाशिदै सुनको मूल्य, प्रतिऔंस २० डलरले महङ्गियो
New Office

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबार सत्रमा सुनको मूल्य ०.७८ प्रतिशत अर्थात २०.०२ डलरले बढेको छ ।  

यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५७८.२४ डलर कायम भएको छ ।  

अमेरिकी बोन्डको प्रतिफल र डलरको भाउमा आएको गिरावटका कारण लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । जसका कारण माग बढ्दा सुनको मूल्य बढेको छ ।  

यस्तै अमेरिककी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा २५ बेसिक प्वइन्ट कटौती गर्न सक्ने सम्भावना बलियो बनेसँगै सुनको मूल्य पछिल्लो समय निरन्तर बढिरहेको छ । अमेरिकी श्रम विभागले राज्यबाट बेरोजगार भत्ता लिनेको सुविधा २ हजारले बढेर कुल २ लाख ३० हजार पुगेको प्रतिवेदन सार्वजनिक गरेको छ । जसका कारण यदि अमेरिकी श्रम बजारको अवस्था थप कमजोर बन्छ भने ब्याजदर कटौती पनि थप बढ्ने आँकलन अर्थशास्त्रीहरुले गरेका छन् ।  

युरोपेली केन्द्र्रीय बैंकले हालै मात्रै ब्याजदर घटाएको छ । यो कटौती यो वर्षमा गरिएको दोस्रोपटक हो । युरोपमा मुद्रास्फिती २ प्रतिशततिर सीमित बन्दैछ । जसका कारण युरो अमेरिकी डलरको तुलनामा बलियो बन्दै गएको छ ।  

यस्तै चाँदीको मूल्य पनि २.८० प्रतिशत अर्थात ०.८३ डलरले बढेर प्रतिऔंस ३०.७५ डलर कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.