सोमबार, श्रावण १८,२०८३ 03:40:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:40:10
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम
New Office

काठमाण्डौ । राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना भएको छ ।  

उक्त अवसरमा काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको हो ।  

तालिम प्रदान गरिएका विद्यालयहरु (क्रमशः) गान्धीआदर्श माध्यमिक विद्यालय(कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौ), श्री सिद्धि मंगल माध्यमिक विद्यालय(महालक्ष्मी नगरपालिका ललितपुर) र आदर्श माध्यमिक विद्यालय (सानोठिमी भक्तपुर) रहेका छन् । उक्त तालिम भदौ २५ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको थियो ।  

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानअध्यापकहरु, सहायक प्रधानअध्यापकहरु,शिक्षकहरुलगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुखहरुको उपस्थितीमा उक्त तालिम सञ्चालन गरिएको थियो ।  

गान्धीआदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गया प्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवर्दक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यस्को प्रभावकारिता अझ बढ्ने बताए ।  

यसैगरी, श्री सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधानअध्यापक मीनबहादुर अछामीले उक्त तालिमबाट सिकेका सीपहरु शिक्षकमार्फत अन्य विद्यार्थीहरुलाई सिकाईने बताए । साथै, उनले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनहरुमा समेत तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे । यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थी लगायतशिक्षकहरुलाई समेत दिन सके यसले संरक्षित बातावरणमा पठन पाठनमा सहयोग पुर्याउने कुरा गान्धीआदर्श माध्यमिक विद्यालयको कक्षा ११ र १२ कक्षाकी संयोजक बन्दना घिमिरेको भनाई रहेको थियो । यस प्रकारका प्रशिक्षणहरु अत्यन्त आवश्यक रहेकाले निरन्र्तताका लागि आदर्श माध्यमिक विद्यालयका प्रधानअध्यापक रामबाबु रेग्मीले आग्रह गरे ।

उक्त तालिमका प्रमुख प्रशिक्षक किड पावर अन्र्तराष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनालले गरेका थिए भने किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.