• शुक्रबार, भाद्र २७,२०८२ 02:48:19
Global IME Bank Limited

हाकिमको फोनकल तथा म्यासेज बेवास्ता गर्न मिल्ने कानुन ल्याउने तयारीमा अष्ट्रेलिया

Hyundai Nepal
हाकिमको फोनकल तथा म्यासेज बेवास्ता गर्न मिल्ने कानुन ल्याउने तयारीमा अष्ट्रेलिया

काठमाण्डौ । अष्ट्रेलियाले कामको समयभन्दा अन्य समयमा कर्मचारीहरुलाई हाकिमको फोनकल तथा म्यासेज बेवास्ता गर्न मिल्ने अधिकार प्रदान गर्ने कानुन ल्याउने तयारी गरेको छ ।  

‘राइट टु डिसकनेक्ट’ अष्ट्रेलियाको संघिय सरकारले संसदीय बिल अन्तर्गत प्रस्ताव गरेको औद्योगिक कानुनको हिस्सा हो । यो कानुनले कामदारहरुको अधिकार संरक्षण गर्ने र उनीहरुको काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्ने जनाइएको छ ।  यो कानुन अनुसार कर्मचारीले फोन कल तथा म्यासेजको प्रतिक्रिया नजनाएमा कुनै प्रकारको दण्ड वा जरीवाना तिर्नुपर्ने छैन । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कामदारहरुलाई मोबाइल स्विच अफ गर्ने अधिकार प्रदान गर्ने यस्तै प्रकारका कानुनहरु फ्रान्स,स्पेन र युरोपेलि युनियनका अन्य देशहरुमा पहिल्यै देखि कार्यान्वयनमा छन् ।  

अष्ट्रेलियाका अधिकांश सिनेटरहरुले यो कानुनको समर्थन गरेको त्यहाँको रोजगारमन्त्री टोनि बर्कले बताएका छन् । यो नयाँ कानुनले कामदारहरुलाई कामको अवधिभन्दा अन्य समयमा बेकामको फोनकल तथा म्यासेज अस्विकार गर्ने अधिकारमार्फत बिनापैसा ओभर टाइम काम गर्न रोक  लगाउने बर्कले बताए ।  

नयाँ व्यवस्था अनुसार कामदारहरुले कामको समयभन्दा अन्य समयमा आएको फोनकल तथा म्यासेजको प्रतिक्रिया नदिए रोजगारदाताले कर्मचारीलाई दण्ड जरीवाना गर्न पाउने छैनन् ।  

यो बिल आगामी सातासम्म  संसदमा पेश गरिने जनाइएको छ ।  

तर केहि राजनितिज्ञ,रोजगारदाता समूह र कर्पोरेट लिडरहरुले यो कानुनले अतिक्रमण भएको र लचिलो काम गर्ने वातावरण र प्रतिष्पर्धात्मकतालाई प्रभाव पार्ने कदमका रुपमा विरोध गरेका छन् ।    -एजेन्सी 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.