काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा घट्ने क्रम आज पनि जारी रहेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ९.३० डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य अन्तराष्ट्रिय बजारमा २ हजार ५६४ डलरमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.३७ डलरले ओरालो लागेको छ । यो गिरावटसँगै चाँदीको मूल्य प्रतिऔंस ३०.३६ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।