सोमबार, श्रावण १८,२०८३ 02:22:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:22:40
Bizshala
Global IME Bank Limited

एशियन हाईड्रोपावर २.२९ करोड घाटामा,रिजर्भको आकार ७८.९८% ले घट्यो

एशियन हाईड्रोपावर २.२९ करोड घाटामा,रिजर्भको आकार ७८.९८% ले घट्यो
New Office

काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेड २ करोड रुपैयाँ बढी घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी २ करोड २९ लाख ४९ हजार रुपैयाँ घाटामा रहेको छ ।  

अघिल्लो आवको पुस मसान्तसम्म भने कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

कम्पनीको कुल खुद आम्दानी ६ करोड ७२ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.९४ प्रतिशतले कम हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म ८ करोडढ ८३ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको थियो ।  

त्यस्तै, कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ९४ लाख २१ हजार र वित्त खर्च ५ करोड ७७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ७८.९८ प्रतिशतले घटेर १ करोड ९० लाख रुपैयाँमा झरेको छ । ९ करोड रुपैयाँबराबरको चालु सम्पत्ति भएको कम्पनीको चालु दायित्व ६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.७५ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ १०५.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५२ गुणा कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.