काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गरेसँगै उकालो लागेको सुनको मूल्य आज पनि बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ७ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ७.२७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२८ डलर कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य पहिलोपटक २६ सय डलर भन्दा बढी पुगेको थियो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.०३ डलरले घट्दै प्रतिऔंस ३१.१२ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।