सोमबार, श्रावण १८,२०८३ 03:39:57
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:39:57
Bizshala
Global IME Bank Limited

सेयर बजार घट्दा पूँजीगत लाभकर पनि ३९% ले घट्यो, भदौमा सरकारले उठायो साढे २ अर्ब

सेयर बजार घट्दा पूँजीगत लाभकर पनि ३९% ले घट्यो, भदौमा सरकारले उठायो साढे २ अर्ब
New Office

काठमाण्डौ । सरकारले भदौ महिनामा सेयर बजारबाट साढे २ अर्ब रुपैयाँ बढीको पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार भदौ महिनामा सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको हो ।  

यो रकम साउनको तुलानमा ३९ प्रतिशतले कम हो । साउन महिनामा सेयर बजारबाट राज्यलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ बराबरको पूँजीगत लाभकर गएको थियो । साउन महिनाभरमा नेप्सेमा ४१४ अर्ब हाराहारीमा सेयर कारोबार भएको थियो । यो महिनामा नेप्से परिसूचक ६९०.२२ अंकले बढेको थियो।   ।    

तर भदौ महिनामा नेप्से परिसूचकमा उच्च गिरावट आएपछि सरकारले भने साढे २ अर्ब बढीको राजश्व संकलन गर्न सफल भएको छ । गत महिना सेयर बजार १४ प्रतिशत अर्थात ४२० अंकले घट्यो ।  

सीडीएस एण्ड क्लियरिङका अनुसार भदौ महिनामा सरकारले व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ र व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन गरेको छ ।  

त्यस्तै कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ र स्टक डिलरको पूँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ संकलन भएको छ ।

चालु आर्थिक वर्षको साउन र भदौमा गरी कुल ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको सीडीएस एण्ड क्लियरिङको तथ्यांकले देखाउँछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.