सोमबार, श्रावण १८,२०८३ 02:21:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:21:47
Bizshala
Global IME Bank Limited

बेजोसले बेचे अमेजनको २ अर्ब डलरबराबरको १.२ करोड कित्ता सेयर, १ वर्षमा ५ करोड कित्ता बेच्ने योजना

बेजोसले बेचे अमेजनको २ अर्ब डलरबराबरको १.२ करोड कित्ता सेयर, १ वर्षमा ५ करोड कित्ता बेच्ने योजना
New Office

काठमाण्डौ । अमेजनका संस्थापक तथा विश्वका धनाढ्य जेफ बेजोसले कम्पनीको १.२ करोड कित्ता सेयर बिक्री गरेका छन् ।  

यो सेयरको मूल्य २ अर्ब डलर हुन आउँछ । बेजोसले यो सेयर गत बुधबार बिक्री गरेका थिए । सन् २०२१ पनि बेजोसले पहिलोपटक कम्पनीको सेयर बिक्री गरेका  हुन् ।  

गत फेब्रुअरी २ मा अमेजनले जेफ बेजोसले अगामी १२ महिनाको अवधिमा ५ करोड कित्ता सेयर बिक्री गर्ने जनाएको थियो । यो सेयरको बजार मूल्य करीब ९ अर्ब डलर  हुन आउँछ । कम्पनीका प्रतिवेदनका अनुसार सेयर बिक्री गर्ने योजना गत नोभेम्बर ८ मा सुरु भएको थियो र यो योजना सन् २०२५ जनवरी २१ सम्म पुरा हुनेछ ।  

बेजोसले सन् २००२ देखि २०२१ सम्म ३० अर्ब डलर मूल्यबराबरको सेयर बिक्री गरेका छन् । उनले सबैभन्दा धेरै सेयर सन् २०२० र २०२१ मा बिक्री गरेका थिए । यी दुवै वर्षमा उनले कुल २० अर्ब डलर मूल्यबराबरको सेयर बिक्री गरेका थिए ।  

बेजोसले अमेजनको सुरुवात इन्टरनेटमा किताब बेचेर सुरु गरेका थिए र अहिले कम्पनीलाई  सफलताको शिखरमा पुर्याएका छन् । उनी विश्वको तेस्रो धनाढ्य हुन् । उनको नेटवर्थ १९६ अर्ब डलरबराबर छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.