काठमाण्डौ । पछिल्लो ६ दिनदेखि निरन्तर नयाँ रेकर्ड राख्दै आएको घरेलु बजारमा सुनको मूल्य आज भने घटेको छ । गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ कायम थियो।
आज चाँदीको मूल्य पनि घटेको । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।