सोमबार, श्रावण १८,२०८३ 02:25:30
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:25:30
Bizshala
Global IME Bank Limited

इजरायल–इरान युद्धका कारण कच्चा तेलको मूल्यमा ४% को उछाल, नेपालजस्तो अर्थतन्त्रमा पर्नसक्छ प्रभाव

इजरायल–इरान युद्धका कारण कच्चा तेलको मूल्यमा ४% को उछाल, नेपालजस्तो अर्थतन्त्रमा पर्नसक्छ प्रभाव
New Office

काठमाण्डौ । इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि कच्चा तेलको मूल्य ४ प्रतिशतले बढेको छ । जसका कारण तेल आपूर्ति प्रभावित हुनसक्छ ।  

विज्ञहरूले तेलको मूल्य बढिरहने हो भने यो भारतीय अर्थतन्त्र र भारतबाट तेल आयात गर्ने नेपाली अर्थतन्त्रका लागि समेत ठूलो समस्या हुनसक्ने बताएका छन् ।

इजरायलले इरानको आक्रमणपछि बदला लिने धम्की दिएको छ । यी आक्रमणको इरानले ठूलो मूल्य चुकाउनुपर्ने उसले बताएको छ । यस्तो अवस्थामा कच्चाको भाउ अझै बढ्न सक्छ।

विज्ञहरूका अनुसार कच्चा तेलको मूल्यमा प्रत्येक १० डलरको वृद्धिमा भारतमा मुद्रास्फीति ०.३ प्रतिशतले बढ्छ । भारतमा मुद्रास्फिति बढ्दा यसको असर नेपालमा समेत पर्छ । नेपालको सबैभन्दा ठूलो आयात व्यापार भारतसँग नै हुँदै आएको छ।  

सञ्चारमाध्यमहरुका अनुसार तेलको महँगीका कारण भारतमा जनताको क्रयशक्ति पनि प्रभावित भएको छ । यसको कारण जनताले यातायातमा बढी खर्च गर्नुपरेको छ । साथै, यसले वस्तु र सेवाको मूल्य पनि बढाउँछ।

इरानले दैनिक १७ लाख ब्यारेल तेल निर्यात गर्ने विज्ञहरूका अनुसार तेल महँगो हुँदा भारतले थप डलर खर्च गर्नुपर्ने हुन्छ । यसले रुपैयाँ कमजोर हुनेछ, भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ, जसका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन जान्छ । इरानले दैनिक १७ लाख ब्यारेल तेल निर्यात गर्छ। उ तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकका सदस्य हो।

इरान स्ट्रेट अफ हर्मुज नजिकै अवस्थित छ, जहाँबाट ठूलो मात्रामा तेलको आपूर्ति हुन्छ। साउदी अरेबिया, कतार र यूएई जस्ता ठूला तेल उत्पादक देशहरूले तेल निर्यात गर्न यो मार्ग प्रयोग गर्छन्।

विश्वको तेल आपूर्तिमा ओपेक राष्ट्रहरूको हिस्सा ४० प्रतिशत छ। ओपेकको निर्णयको प्रत्यक्ष असर तेलको मूल्यमा परेको छ । यदि तेलको मूल्य लामो समयसम्म उच्च रह्यो भने यसले भारत र नेपालजस्ता धेरै उदीयमान देशहरूको अर्थतन्त्रमा समस्या खडा गर्न सक्छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.