सोमबार, श्रावण १८,२०८३ 02:26:30
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:26:30
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री उद्धारकोषमा प्रभू ग्रुपको रु. १.७५ करोड सहयोग

प्रधानमन्त्री उद्धारकोषमा प्रभू ग्रुपको रु. १.७५ करोड सहयोग
New Office

काठमाण्डौ । असोज दोस्रो हप्ता देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट पीडितहरुको राहात तथा उद्धारका लागि सहयोग गर्ने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हने गरी १ करोड ७५ लाख सहयोग गरेको छ । 

सोमबार एक कार्यक्रमका बीच प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

यो सहयोग प्रभू ग्रुपअन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्सको तर्फबाट संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गतको रहेको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चेक हस्तान्तरण समारोहमा ग्रुपअन्तर्गतका कम्पनीका उच्च अधिकारीहरुको सहभागिता थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.