सोमबार, श्रावण १८,२०८३ 02:23:48
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:48
Bizshala
Global IME Bank Limited

रिभर फल्स पावरको घाटा ४०६.७३% ले बढ्यो,रिजर्भको आकार ९.५१ करोडले ऋणात्मक

रिभर फल्स पावरको घाटा ४०६.७३% ले बढ्यो,रिजर्भको आकार ९.५१ करोडले ऋणात्मक
New Office

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको घाटा वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनी ३ करोड ३६ लाख रुपैयाँ घाटामा रहेको छ । जुन अघिल्लो आवको ६६ लाख ३१ हजार घाटाको तुलनामा ४०६.७३ प्रतिशतले बढी हो ।  

कम्पनीले यो अवधिसम्म कुल अ१० करोड १ लाख आम्दानी गरेको छ । कम्पनीको अन्य सञ्चालन खर्च ८२ लाख ६१ हजार र वित्त खर्च ८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भको आकार ९ करोड ५१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ६ करोड ३३ लाख र कुल चालु दायित्व ४६ करोड ३० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक)४.८० रुपैयाँ ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६४.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८६.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६०.२० गुणा ऋणात्मक कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.