काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
गत असोज २३ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ कायम थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ६५ रुपैयाँले घट्दै प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।