काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन १४ सयले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि असोज १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।