काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको १० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आफुले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                