काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आवका लागि १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोही ४ प्रतिशतले हुन आउने २० लाख ४ हजार ६६६.५७ कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।