काठमाण्डो । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पिडितहरुलाई सहयोगका लागि २५ लाख रुपैंया सहायता रकम प्रदान गरेको छ ।
बैंककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु,प्रमुख कार्यकारी अधिकृत तथा बैंक ब्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।