सोमबार, श्रावण १८,२०८३ 02:03:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:03:35
Bizshala
Global IME Bank Limited

नेप्सेको प्राङ्गणमा तयार भयो बुल, लगानीकर्ता किन भए असन्तुष्ट ?

नेप्से भन्छ-'न्यूयोर्क स्टक एक्सचेञ्जपछिकै ठूलो’

नेप्सेको प्राङ्गणमा तयार भयो बुल, लगानीकर्ता किन भए असन्तुष्ट ?
New Office

काठमाण्डौ । नेप्सेको प्राङ्गणमा बुलको प्रतिमा तयार भएको छ । निर्माण सुरु भएको लामो समयपछि अन्ततः बुलको प्रतिमा तयार भएको हो ।  

तर सबै संरचना तयार नभएको भन्दै तत्काल उद्घाटन भने नहुने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारी अनुसार नेप्से वरपिरि अन्य संरचना तयार हुँदै गरेको कारण तत्काल उद्घाटन हुनेछैन । सम्भवतः तिहारपछि नै उद्घाटन हुनसक्ने  पराजुलीले जानकारी दिए ।

लगानीकर्ताहरुले लामो समयको मागपछि तयार भएको बुल भने साँढे नभएर बाच्छो भएको प्रतिक्रिया दिएका छन् । लगानीकर्ता केशब कोइरालाले आफ्नो फेसबुक पेजमा नेप्सेमा हाल तयार भएको साँढे लगानीकर्ताले अपेक्षा गरेको भन्दा सानो भएको प्रतिक्रिया दिएका छन् । कोइरालाले साँढे बनाउन ठ्याक्कै कति रकम लाग्यो ? हाकिम साहेबहरु मोटाएका कारण साँढे दुब्लाएको त होइन ? हिसाबकिताब पारदर्शी गराउनुपर्यो ।’-भन्दै प्रश्न गरेका छन् ।  

यसै विषयमा प्रतिक्रिया दिदैं नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेप्सेको साँढे न्यूर्योक स्टक एक्सचेञ्जपछिकै ठूलो बनेको दाबी गरे । ‘अहिले केही व्यक्तिले फोटो मात्रै हेरेर यसबारे प्रतिक्रिया दिएका छन् । यो साँढे भनेको १० बाई १२ फुटको निर्माण भएको छ । यो विश्वकै दोस्रो ठूलो साँढे हो,’ उनले भने ।  

हाल नेप्सेमा तयार भएको बुल कालिगढ बिष्णु बरालले बनाएका हुन् । बरालले पनि आफूले संसारका बुलहरु हेरेको र यो बुल औषतभन्दा ठूलो नै बनेको दाबी गरे । उनले 'बुल सानो भयो' भन्नेहरुलाई एकपटक नेप्सेमा नै गएर बुल हेरेर प्रतिक्रिया दिन अनुरोध गरेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.