सोमबार, श्रावण १८,२०८३ 02:24:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:40
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको नाफामा ४२०.५३% को उछाल, वितरणयोग्य मुनाफा रु. १.४९ अर्ब

लक्ष्मी सनराइज बैंकको नाफामा ४२०.५३% को उछाल, वितरणयोग्य मुनाफा रु. १.४९ अर्ब
New Office

काठमाण्डौ । लोनको रिकभरिमा भएको प्रगति र लचक नियामकीय व्यवस्थाका कारण लक्ष्मी सनराइज बैंकको खूद नाफामा उछाल आएको छ ।  

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो ।  

समीक्षा अवधिमा बैंकको खूद नाफा ५३ करोड ६३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिमा आर्जित १० करोड ३० लाखको तुलनामा ४२०.५३ प्रतिशतको उछाल हो । 

बैंकले खराब कर्जाको प्रभिजनका लागि इम्पेयरमेन्ट चार्जको रुपमा गत वर्ष २ अर्ब १४ करोड रकम छुट्याएकोमा यो वर्ष १ अर्ब १६ करोड मात्र छुट्याउनुपर्दा नाफामा राम्रो बढोत्तरी देखिएको हो । यस्तै, केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको कतिपय नियामकीय लचक व्यवस्थाको फाइदा समेत बैंकको वित्तीय सूचकहरुमा परेको देखिन्छ ।  

बैंकको सञ्चालन मुनाफा पनि गत वर्षको तुलनामा ४२५.२३ प्रतिशतले बढेर १४ करोड ४१ लाखबाट  ७५ करोड ६९ लाखको उचाईमा पुगेको छ ।

कुल २३ अर्ब १८ करोड चुक्तापूँजी रहेको बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १ अब ४९ करोड रुपैयाँ आर्जन गरेको छ । 

अघिल्लो वर्षको तुलनामा बैंकको खूद ब्याज आम्दानीमा ६.७५ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो वर्ष २ अर्ब ८६ करोड रहेको खूद ब्याज आम्दानी घटेर २ अर्ब ६७ करोडमा सीमित बनेको हो ।  

अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा रिजर्भको आकारमा ६ प्रतिशतभन्दा बढीको बढोत्तरी गरेको बैंकले समीक्षा अवधिसम्ममा ३ खर्ब ३४ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ५८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप संकलन १.६८ प्रतिशतले बढेको देखिएको छ भने लोनतर्फ पनि ३.११ प्रतिशतको बढोत्तरी देखिएको छ ।  

अघिल्लो वर्ष ४.६९ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ५.४४ प्रतिशत पुगेको छ भने अघिल्लो वर्ष १.७८ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी रु.९.२५ रुपैयाँको उचाईमा पुगेको छ ।  

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८०.९५ रुपैयाँ र पीई अनुपात २८.९२ गुणा कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.