काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.५० प्रतिशत अर्थात १३.६६ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७४८.०९ डलरमा कारोबार भईरहेको छ ।
पछिल्लो कारोबारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.०९ डलरले बढेको हो । अहिले चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस ३३.७ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार र चाँदीको मूल्य २ हजार ७० रुपेयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।