सोमबार, श्रावण १८,२०८३ 03:38:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:38:33
Bizshala
Global IME Bank Limited

घोराही सिमेन्ट ४१.८४ करोड घाटामा,सेयर प्रिमियम रिजर्भ २.६५ अर्ब

घोराही सिमेन्ट ४१.८४ करोड घाटामा,सेयर प्रिमियम रिजर्भ २.६५ अर्ब
New Office

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले यो अवधिसम्म ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको थियो ।  

कम्पनीको खुद आम्दानी ४६.७७ प्रतिशतले घटेको छ । कम्पनीले यो अवधिसम्म १९ करोड ४७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीके खुद आम्दानी ३६ करोड ५८ लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ११ लाख ७६ हजार रुपैयाँ रहेको छ ।  

त्यस्तै कम्पनीले प्रशासनिक,बिक्री तथा वितरणमा  १५ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको वित्त खर्च २६ करोड ५६ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ २४.१५ प्रतिशतले घटेर २ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ । अन्य रिजर्भ ७ करोड ९० लाख रहेको कम्पनीको सेयर प्रिमियम रिजर्भ २ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.१६ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ २२५.४५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३१.३५ रुपैयाँ र तरलता अनुपात ०.८६३ गुणा कायम भएके छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.