काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यो दिन तेजावी सुनको मूल्य पनि तोलामा १ हजार २ सय रुपैयाँले घट्दै १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीका मूल्य पनि प्रतितोला ३० रुपैयाँले ओरालो लागेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।