सोमबार, श्रावण १८,२०८३ 02:21:48
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:21:48
Bizshala
Global IME Bank Limited

रिलायन्स बन्यो भारतको सबैभन्दा मूल्यवान कम्पनी,बजार पूँजीकरण २० लाख करोड भारु

रिलायन्स बन्यो भारतको सबैभन्दा मूल्यवान कम्पनी,बजार पूँजीकरण २० लाख करोड भारु
New Office

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज को बजार पूँजीकरण २० लाख करोड भारु पुगेको छ । यससँगै कम्पनी भारतको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।  

रिलायन्स इन्डष्ट्रिज बजार पूँजीकरण २० लाख करोड भारु पुग्ने पहिलो भारतीय कम्पनी बनेको छ । सेयर बजारमा मंगलबार आएको वृद्धिका कारण कम्पनीको बजार पूँजीकरण वृद्धि २० लाख करोड भारु पुगेको हो ।  

कम्पनीको सेयरमूल्य २.९५८ प्रतिशतले वृद्धि भएको छ । यससँगै कम्पनीको सेयरमूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । गत साता कम्पनीको बजार पूँजीकरण १ लाख करोड भारुले बढेको थियो । गत जनवरी २९ मा कम्पनीको बजार पूँजीकरण १९ लाख करोढ भारु पुगेको थियो ।  

यसअघि कम्पनीले सन् २०२१ मा १५ लाख करोडको बजार पूँजीकरणको आँकडा पार गरेको थियो । सन् २०१९ मा कम्पनीको बजार पूँजीकरण १० लाख करोड भारु पुगेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.