सोमबार, श्रावण १८,२०८३ 04:53:25
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:53:25
Bizshala
Global IME Bank Limited

बीवाईडीद्वारा पहिलोपटक टेस्लाभन्दा बढी आम्दानी आर्जन

बीवाईडीद्वारा पहिलोपटक टेस्लाभन्दा बढी आम्दानी आर्जन
New Office

काठमाण्डौ । चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडीले पहिलोपटक टेस्लाको भन्दा बढी आम्दानी गरेको छ । बीवाईडीको नाफा वर्षको तेस्रो त्रैमाससम्ममा ११.५ प्रतिशतले बढेको छ । चिनियाा सरकारले दिएको बलियो सहुलियतका कारण कम्पनीको बिक्रीमा वृद्धि आएको छ । जसका कारण नाफा बढेको छ ।  

जुलाई–सेप्टेम्बर त्रैमासमा कम्पनीको खुद नाफा ११.६ बिलियन युआन(१.६३ बिलियन डलर) ले बढेको छ । वर्षको पहिलो ९ महिनामा कम्पनीको खुद नाफा १८.१ प्रतिशतले बढ्दै २५.२ बिलियन युआन पुगेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानी २४ प्रतिशत बढ्दै २०१.१ बिलियन युआन(२८.२४ बिलियन डलर) पुगेको छ । जुन टेस्लाको भन्दा बढी हो । यो अवधिमा टेस्लाको आम्दानी भने २५.२ बिलियन डलर रहेको छ ।  

यद्यपी टेस्लाले विश्वव्यापी बिक्रीमा अझै पनि बीवाईडीलाई पछि नै पारेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.