काठमाण्डौ । सीता राम गोकुल मिल्क्स प्रालिले बजारमा सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी ल्याएको छ । कम्पनीले फागुन १ गतेदेखि उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको हो ।
प्रायजसो सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरीबाट खुला दुध किनेर चिया वा कफी बनाउने गरेको तर अब भने उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनका लागि स्पेसल दुध लिन पाउने कम्पनीले जनाएको छ ।
सो दुधले चिया र कफीको स्वाद बढाउनका साथै मुखमा छुट्टै मिठास ल्याउने कम्पनीले दाबी गरेको छ । कम्पनीले सोही दुध १ लिटरको पाउचमा बजारमा ल्याएको हो ।
सीता राम गोकुलमिल्क्स प्रालिले विगत २८ वर्ष देखि दूध तथा दूग्धजन्य उत्पादनहरू नेपालीबजारमा उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।