काठमाण्डौ । ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरी जिल्लाको ईनरुवा नगरपालिकाबाट १ करोड ८२ लाख नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य बिरपपुर–५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफी हुन् ।
उनलाई माघ २८ गते स्कारपियो गाडीमा चेकजाँच गर्ने क्रममा गाडीभित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट अठार हजार दुई सय एकाउन्न थान (१ करोड ८२ लाख ५१ हजार ) बरामद गरी थप अनुसन्धान भइरहेको जिप्रका सुनसरीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।