काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो कारोबारमा प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला २ हजार ३० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।