काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबारमा प्रतितोला २८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार १५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।