काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ३ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५६ रुपैयाँ र बिक्रीदर १३३.१६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४१.८३ रुपैयाँ र बिक्रीदर १४२.४७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.२२ र बिक्रीदर १६६.९८ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८५.८३ रुपैयाँ र बिक्रीदर ८६.२२ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.३५ र बिक्रीदर ३६.५१ रुपैयाँ रहेकोमा एक साउदी रियालको खरिददर ३५.३५ र बिक्रीदर ३५.५१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।