काठमाण्डौ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।
संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
गत शुक्रबार सुनको कारोबार १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।