काठमाण्डौ । सामसुङको सेयरमूल्यमा उछाल आएको छ । कम्पनीले ७.१९ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने निर्णय गरेसँगै सोमबारको कारोबारमा कम्पनीको सेयरमूल्य ७ प्रतिशतले वृद्धि भएको छ ।
गत जुलाईमा सुरु भएको आन्दोलनका विषयमा श्रमिक युनियनसँग सम्झौता भएपछि गत शुक्रबार पनि कम्पनीको सेयरमूल्य ७.२१ प्रतिशतले बढेको थियो । कम्पनीले आगामी १२ महिनाको अवधिमा ७.१९ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने योजना बनाएको छ ।
सामसुङले पछिल्लोपटक सन् २०१७ मा सेयर बाईब्याक गरेको थियो ।
गत नोभेम्बर १५ मा कम्पनीको सेयरमूल्य गत ४ वर्षकै न्यून विन्दुमा पुगेको थियो । नाफामा आएको गिरावट र अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पले जित्ने भयका कारण कम्पनीको सेयरमूल्य न्यून स्तरमा पुगेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                