सोमबार, श्रावण १८,२०८३ 02:03:31
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:03:31
Bizshala
Global IME Bank Limited

सामसुङको सेयरमूल्यमा उछाल, ७.१९ अर्ब डलरबराबरको सेयर बाइब्याक गर्ने

सामसुङको सेयरमूल्यमा उछाल, ७.१९ अर्ब डलरबराबरको सेयर बाइब्याक गर्ने
New Office

काठमाण्डौ । सामसुङको सेयरमूल्यमा उछाल आएको छ । कम्पनीले ७.१९ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने निर्णय गरेसँगै सोमबारको कारोबारमा कम्पनीको सेयरमूल्य ७ प्रतिशतले वृद्धि भएको छ ।  

गत जुलाईमा सुरु भएको आन्दोलनका विषयमा श्रमिक युनियनसँग सम्झौता भएपछि गत शुक्रबार पनि कम्पनीको सेयरमूल्य ७.२१ प्रतिशतले बढेको थियो । कम्पनीले आगामी १२ महिनाको अवधिमा ७.१९ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने योजना बनाएको छ ।  

सामसुङले पछिल्लोपटक सन् २०१७ मा सेयर बाईब्याक गरेको थियो ।  

गत नोभेम्बर १५ मा कम्पनीको सेयरमूल्य गत ४ वर्षकै न्यून विन्दुमा पुगेको थियो । नाफामा आएको गिरावट र अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पले जित्ने भयका कारण कम्पनीको सेयरमूल्य न्यून स्तरमा पुगेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.