सोमबार, श्रावण १८,२०८३ 01:59:51
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:59:51
Bizshala
Global IME Bank Limited

बाढीपहिरोका कारण ११.८२ अर्बबराबरको बीमा दाबी, कुन कम्पनीमा कति ?

बाढीपहिरोका कारण ११.८२ अर्बबराबरको बीमा दाबी, कुन कम्पनीमा कति ?
New Office

काठमाण्डौ । गत असोजको ११ र १२ को अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण बीमा कम्पनीहरुमा ११ अर्ब बढीको बीमा दाबी परेको छ । उक्त प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिका लागि ११ अर्ब ८२ करोड ६ लाख ११ हजार रुपैयाँबराबरको दाबी परेको छ ।  

३ हजार ४१८ वटा निवेदनमार्फत उक्त रकमबराबरको दाबी परेको हो ।  

नेपाल बीमा प्राधिकरणका अनुसार कुल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड ७ लाख ९३ हजार ३८७ बराबरको दाबी भुक्तानी भएको छ ।  

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा ५०१ दाबीका आवेदन परेका छन् । यस्तै दि ओरिएन्टल इन्स्योरेन्समा १७६, सगरमाथा लुम्बिनीमा ३७७, हिमालयन एभरेष्टमा २४३, नेकोमा २१९, युनाइटेड अजोडमा ३२३, सानिमा जिआइसीमा २१७, आइजिआई प्रुडेन्सियलमा २९६ दाबी परेका छन् ।

त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा १७२, नेपाल इन्स्योरेन्समा १७६, प्रभु इन्स्योरेन्समा १३७, राष्ट्रिय बीमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार–चार वटा दाबी परेको छ । यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ७ दाबी निवेदन परेका छन् । प्राधिकरणका अनुसार कुल दाबीमध्ये ९०२ वटाको भुक्तानी भईसकेको छ ।  

कुद दाबीमा ८ अर्ब ७५ करोड ८७ लाख ५१ हजार रुपैयाँबराबरको १ हजार ६५३ वटा सम्पत्ति बीमा दाबी परेको छ । जसमा ४६ करोड ७० लाख ९७ हजार रुपैयाँबराबरको ३९८ वटाको भुक्तानी भएको छ ।  

यस्तै इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३०४ वटा दाबी परेका छन् । मोटर बीमा निजीतर्फ ८८७ दाबी परेकामा २८० को ६ करोड १६ लाख ९७ हजार ५८७ भुक्तानी भएको छ । मोटर बीमा सार्वजनिकतर्फ ३५० दाबी हुँदा ९१ वटाको रु ४३ करोड २ हजार १७७ बराबरको भुक्तानी भएको छ ।

पुशपन्छी बीमा ५१ दाबी पर्दा २१ वटाको रु २४ लाख ९२ हजार ८५४ मात्रै भुक्तानी भएको छ । त्यस्तै, सामुद्रिक बीमा २२ को दाबी पर्दा २ वटाको भुक्तानी भएको छ । कृषिबाली बीमातर्फ १३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा ७ को भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार कोसी प्रदेशमा २५१, मधेसमा १०१, बाग्मतीमा २ हजार ९६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.