काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १.२२ प्रतिशत अर्थात ३१.८३ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६४०.९१ डलरमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्यमा पनि बढेको छ । चाँदीको मूल्य ०.२७ प्रतिशत अर्थात ०.०९ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ३१.२४ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।