काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतिऔंस ०.६८ प्रतिशत अर्थात १८.३० डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६९२ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.३८ डलरले घट्दै प्रतिऔंस ३०.९१ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।