काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य एकै दिनमा प्रतिऔंस १० डलरले बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस ०.५४ प्रतिशत अर्थात १०.७७ डलरले वृद्धि भएको हो ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २००४.६१ डलर कायम भएको छ ।
केहि दिनअघि सुनको मूल्यमा भारी गिरावट आउँदै प्रतिऔं २ हजारबाट तल झरेको थियो ।
पछिल्लो २४ घण्टामा चाँदीका मूल्य पनि प्रतिऔंस २.७६ प्रतिशत अर्थात ०.६२ डलरले बढेको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २३ डलरमा काराबार भईरहेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।