काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आवका लागि अनुमानित बजेटको आकार घोषणा गर्दै १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी गराएका हुन् ।
बजेट संशोधनका विषयमा जानकारी दिन अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ तोकेको बताएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।