बुधबार, भाद्र २५,२०८२ 05:09:59
  • बुधबार, भाद्र २५,२०८२ 05:09:59
Global IME Bank Limited

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुदैँ, माईपे वालेटबाट टिकट लिन सकिने

Hyundai Nepal
मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुदैँ, माईपे वालेटबाट टिकट लिन सकिने

काठमाण्डौ । मेनुका पौडेले आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने उनको आर्टिस्ट म्यानेजर माईपे इभेन्ट्सले जनाएको छ । 

तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा आगामी फागुन १८ गते देखि चैत्र १६ गतेसम्म काठमाण्डौ, चितवन, पोखरा र इटहरीमा उनको संगितिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिनेछ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विस २०५५ सालमा झापाको हल्दीबारी ४ मा जन्मेकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आईडलको पहिलो सिजनमा भाग लिईन् । नेपाल आईडलले नै उनलाई देशविदेशमा रहने नेपालीहरुमाझ चिनायो । त्यसपछि उनले भारतिय टीभी चयानल सारेगमपको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा उनी टप ११ मा पर्न सफल भएकी थिइन । त्यसपछि इन्डियन आइडलमा गई पौडेल टप १० सम्म पुग्न सफल भएकी थिइन् ।

मेनुका पौडेलको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको छ भने यस कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ । 

आगामी फागुना १८ गते काठमाण्डौको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हने आयोजकले जनाएको छ । हाल साधारण टिकटको दर रु १ हजार र विशिष्ट टिकटको दर रु.१ हजार ५ सय राखिएको यस कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.