काठमाण्डौ । आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।