काठमाण्डौ । नेपालपे क्युआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा ग्राहकहरुले १०% वा अधिकतम रु १०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
उक्त अफर नेपालभरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ ।
उक्त अफरमा ग्राहकहरुले सेल्स बेरीका स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्युआर स्क्यान गरी भुक्तानी गरी प्रतिदिन एक कारोबारमा क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । अफर अवधिभरि भने ३ पटक सम्म क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
ग्राहकले आफू सँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायःजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्ट आईपीएस प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।