काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँ रहेको कायम भएको थियो ।
आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४३० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।