काठमाण्डौ । मन्जुश्री फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २३ गते बसेको कम्पनीको २८६ औं बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले आव २०८०/८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६.३५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।