शनिबार, बैशाख १३,२०८२ 05:01:16
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 05:01:16
IME remit
Global IME Bank Limited

‘कर्णालीमा लगानीको लगन कहिले आउँछ ?’

Hyundai Nepal
‘कर्णालीमा लगानीको लगन कहिले आउँछ ?’
Nabil Bank Limited

काठमाण्डौ । कर्णालीमा लगानीको लगन कहिले आउँछ ? कर्णाली बासीले कर्णालीमा लगानीको लगन आउन अझै कति कुर्नुपर्ने हो ? आइतबार कर्णाली उत्सव कुडा कर्णालीकाको लगानीको लगन सत्रमा पत्रकार गोविन्द खत्रीले वक्ताहरुलाई यहि प्रश्न गरे।

यो सत्रका वक्ताहरू थिए, कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल।

मन्त्री सिंहले कर्णालीमा पूर्णरूपमा लगानी मैत्री वातावरण बन्न बाकि रहेको स्वीकारे। कर्णालीमा लगानीको लागि लगन पर्खिराख्न पर्ने अवस्था भने नरहेको उनले पनि कर्णालीमा पूर्ण रुपमा लगानीमैत्री वातावरण बन्न नसकेको भने उनले बताए। ‘कर्णालीले संघीयतापछि जल, जंगल, जमिन उपभोगको यात्रामा छ। उनले भने, ‘ठूलो भूगोल र सिमित स्रोत साधनले गर्दा अहिलेनै नागरिकले देखिने र महसुस गर्ने गरि लगानी मैत्रि वातावरण बन्न नसकेको अवस्था होला। तर पनि साविकको मध्यपश्चिम र आजको ६ वर्ष पछिको कर्णाली नागरिकले महसुस गर्न सक्छन्।’

अहिले प्राप्त भएको पहुँचलाई संस्थागत विकास गर्दै अब कर्णालीमा आवश्यकताका आधारमा कर्णालीका साधन र स्रोतको सहि ढंगले प्रयोग गर्न अझै आवश्यक रहेको उनले बताए। यसका लागि सरकारका तर्फबाट गर्ने प्रयासहरू अघि बढाएको उनको भनाई थियो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नीतिगत कुराको कमिका कारणले लगानी गर्ने दाताहरुले लगानी गर्न नसकेको होकि भन्ने कुरा सरकारको पनि बुझाइ रहेको मन्त्रि सिंहले बताए। ‘यो वर्ष वैशाख १९ र २० गते कर्णाली लगानी विकास सम्मेलनको आयोजना गरिएको छ। उनले भने, ‘यसले निजी क्षेत्रले आफ्नो लगानीको सुरक्षा, लगानी मैत्री वातावरण, लगानी योग्य क्षेत्र पहिचान गर्ने गरि प्रस्तावहरु तयार गरेर त्यो सम्मेलनमा सहभागी बन्दैछौं। दाताहरुले पनि लगानीको प्रतिफल र सुरक्षाको कुरा ग्यारेन्टी गर्ने गरि सम्मेलनको तय हुदैछ।’ व्यवस्था परिवर्तनपछि कर्णालीले विकासको जग बसालेको उनको भनाई थियो।

कर्णाली र भेरि करीडोर सम्पन्न भयो भने विकासको पूर्वाधारको जग पूर्ण हुने विश्वास उनको थियो। त्यसपछि लगानी मैत्रि वातावरण सहज बन्न सक्ने उनले बताए। सुन्दरता र आकर्षणको हिसाबले सबैभन्दा महत्व राख्ने भूमि कर्णाली रहेको छ। उनले भने, ‘कर्णालीमा लगानी गर्न चाहाने निजी क्षेत्रको लागि सम्भावना धेरै छन्।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष क्षेष्ठले पनि लगानीको लागि लगन कुरिराख्न पर्ने अवस्था चाहि नभएको बताए। तर कर्णालीको चुनौति भौतिक पूर्वाधार रहेको छ। उनले भने, ‘कर्णालीमा भौतिक चुनौति प्रमुख कारण हो भन्ने मलाई लाग्छ। यहाँ लगानी गर्न खोज्ने उद्योगीले भौतिक चुनौति भोग्नु परेको मैले बुझेको छु।’ व्यवसायको लागि पूर्वाधार ठूलो आधार भएकोले २०७४ पछि राजनितीक परिवर्तन भए पनि उद्योग क्षेत्रले आश गरेको कुरा आर्थिक परिवर्तन हुन नसकेको बताए। व्यवसायिक वातावरण बनाउन नसकेको र आर्थिक पाटोलाई प्रसय दिन नसकेकोले लगानीको वातावरण बन्न नसकेको उनको भनाई थियो।

निजी क्षेत्रलाई विश्वास गरेर साथ लिने हो भने लगानी गर्न तयार रहेको उनले बताए। व्यवसायिले नितीगत कुरामा स्पष्टता खोजेका हौं। सरकारका निती नियमहरु स्पष्ट हुन पर्‍यो। लगानीको लागि एउटै निति केहि वर्ष काम गर्न पर्‍यो।’

बैंकले पनि कर्णालीमा गरेको लगानी सबैभन्दा कमजोर देखिएको भन्दै नविल बैंकका अध्यक्ष पौडेललाई सहजकर्ताले प्रश्न गरे।

पौडेलले भने, ‘बैंक भनेको पानी हो। जतातिर ओरालो र सम्भावना छ त्यतैतिर बग्छ । यसलाई कुलो बनाएर कर्णालीले ल्याउन सक्नपर्छ। त्यसको लागि व्यवसाय गर्ने वातावरण हुन जरुरी देखिन्छ। व्यवसाय भएपछि बैंकहरु आउँछन्।’ वातावरण बनाउन बैंकहरू पनि लाग्न पर्ने उनको भनाई थियो। दिएको पैसा फिर्ता आउँछ भन्ने लागेपछि जहाँ गएर पनि लगानी गर्न सक्ने उनले बताए। ‘दुरदराजमा पनि बैंकहरु पुगेका छन्,’ उनले भने, ‘बैंकले सहयोग गर्नको लागि लिने मान्छे आउन जरुरी छ।’

कर्णाली उत्सवको दोस्रो दिन समाज, साहित्य र विकासका विषयमा छलफल केन्द्रित हुनेछ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.