सोमबार, श्रावण १८,२०८३ 02:21:06
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:21:06
Bizshala
Global IME Bank Limited

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ: विज्ञ

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ: विज्ञ
New Office

काठमाण्डौ । विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताएका छन् ।  महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा बोल्दै बक्ताहरुले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएपनि अझै आन्तरिक क्षेत्रमा किन समस्या भएन भन्दै प्रश्न गरेका छन् ।  

अर्थविद् प्रा.डा शिवराज अधिकारीले अब बाह्य क्षेत्र मात्र सहज छ भनेर ढुक्क हुने अवस्था नभएको बताए । उनले भने,  ‘बाह्य क्षेत्र ठिक ठाक छ भनेका छौ तर खैत अर्थतन्त्र चलायमान भएको ? अर्थतन्त्रले अब रिफर्म खोजिरहेको छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक क्षेत्रमा अझै समस्या रहेको सही भएको बताए । यद्यपि २ वर्ष अघि भन्दा अहिले केही सुधार भएको पाटोलाई भन्ने भुल्न नहुने बताए । 

आन्तरिक मागमा कमी आउँदा अर्थतन्त्र गतिशिल हुन नसकेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘सरकारको वित्त व्यवस्थापनमा कमजोरी भइरहेको छ । वित्तिय नीति ७६१ वटा र मौद्रिक नीति एउटा मात्र छ । मौद्रिक नीतिले धेरै सम्बोधन  गरेको छ अब वित्तिय नीतिले पनि बुझेर आफ्नो भुमिका निर्वाह गर्नुपर्छ । ’

डा. श्रेष्ठले मौद्रिक नीतिले गेयर परिवर्तन गरिसकेको बताए ।  

यता नेपाल बैंकर्स एसोशियसनका अध्यक्ष सुनिल केसीले नेपाली  बैंकहरुले ट्याकल गर्नै नसक्ने अवस्थाबाट बाहिर आइसकेको बताए । तरलताको हिसाबले नेपाली बैंक सबैभन्दा उत्तम अवस्थामा रहेको केसीको भनाइ छ ।

उनले भने, ‘बैंकहरुले ४० वर्षको अवधिमा अधिकांश समय केही न केही चुनौतीको सामना गरिरहनु पर्यो । तैपनि बैकिङ क्षेत्रले गरेको वित्तिय समावेशिताको योगदान उच्च छ । विश्वका शक्तिशाली बैंकहरुमा नकारात्मक संकेत देखिरहेको छ त। नेपालका बैंकहरु सहज अवस्थामा छन् । ’  

कार्यक्रममा उपस्थित वक्ताहरुले अर्थतन्त्र सुधारको आवश्यकता औल्याएका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.